खेलकुदसमाचार

मैत्रिपुर्ण फुटवल खेल्ने स्पेनको टोली पोखरामा विमानस्थलमा स्वागत

Nepal Akhabar

नेपालअखबार, पोखरा  । विश्वकप र युरोकप जस्ता ठुला प्रतियोगितामा सहभागि भएका खेलाडीहरुको संलग्न भएको स्पेनको टिम पोखरामा मैत्रिपुर्ण खेल खेल्न आज पोखरा आइ पुगेको छ ।

 

स्पेनको ५५ सदस्य एक टोली मैत्रीपुर्ण फुटबल खेल्ने तयारी स्वरुप पोखरा विमानस्थलमा आज दिउसो १ः०० बजे आएको आयोजक लुम्बिनी गार्डेन फाउन्डेसनले जनाएको छ ।

 

पोखरा विमानस्थलमा एन्फा कास्की, फुटवल प्रेमी र पोखरेलीहरुले स्वागत गरेकोे एन्फा कास्कीका महासचिव बुद्धि खत्रि क्षत्रीले बताए ।

स्पेनको टोलीले पुस १३ गते गण्डकी ११ संग पोखरा रंगशालामा र पुस १४ गते काठमाडौमा मैत्रीपुर्ण फुटबल खेल्ने भएको स्पेन फुटबल फेडरेसनका उपाध्यक्ष पनि रहेको फाउन्डेसनका फाउन्डेसनका महासचिव एकराज गिरिले बताए ।

the authoradmin