गोरखाको वारपाक केन्द्रबिन्दु भएर गएको २०७२ सालको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणका क्रममा १४ लाख मासिनले रोजगारी पाएका छन् । पुनर्निर्माण जारी रहेका गोरखा सहित १४ जिल्लामा नेपाली तथा विदेशी श्रमिकले काम गरिरहेका छन् ।
भूकम्पपछि पुनर्निर्माण जारी रहेको ४ वर्षको अवधिमा १४ लाख २० हजार मानिसले रोजगारी पाएको भुकम्प प्रभावित जिल्लामा काम गदै आएको नेसनल डेमोक्रेटिक इष्टिच्यूट फर इन्टरनेसनल अफेयर्सले उल्लेख गरेको छ ।
त्यस्तै पुनर्निर्माणमा प्रयोग भएका अधिकांश कामदार विदेशी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । पुनर्निर्माणको काममा खटिएका मध्ये झण्डै ७० प्रतिशत कामदार भारत, बंगलादेशबाट आएको प्राधिकरणले जनाएको छ । यसैगरी मठमन्दिर, मस्जिद, गुम्बा तथा पुराना सम्पदा निर्माणमा काम गर्ने चित्रकार र मूर्ति बनाउने श्रमिक नेपालमा नपाएपछि बाहिरबाटै आएको प्राधिकरणले जनाएको छ ।