Saturday, July 4

ललितपुरको भैंसेपाटीमा आगलागी हुँदा एक जनाको मृत्यु

नेपालअखबार, ललितपुर। ललितपुरको भैंसेपाटीमा एक टहरामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

Advertisement

शनिबार बिहान साढे ३ बजे ललितपुर महानगरपालिका-२५ भैंसेपाटीस्थित फूलबारी मार्गमा रहेको एक टहरामा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए।

Advertisement
Advertisement

दुर्गा श्रेष्ठको जग्गामा टहरा बस्दै आएका एक जना महिलाको मृत्यु भएको हो।

Advertisement

धनकुटा घर भई हाल उक्त टहरामा बस्दै आएकी ३९ वर्षीय नम्रता राईको मृत्यु भएको एसपी पोखरेलले बताए। उनी उक्त टहरामा एक्लै बस्दै आएकी थिइन‍्।

उनका अनुसार टहरामा पूर्ण रूपमा क्षति पुगेको छ।

बिजुली सर्ट भएको हो कि भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए।

ललितपुर पुल्चोकबाट गएको दमकल र स्थानीय प्रहरीको सहयोगमा बिहान ४ बजे आगो नियन्त्रणमा लिइएको थियो।

बिहान ९ बजे पोष्टमर्टमको लागि शव पाटन अस्पताल पुर्‍याएको छ।

प्रारम्भिक अनुमान अनुसार आगलागीबाट अन्दाजी साढे १ लाख बराबरको क्षति पुगेको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।