अर्थकृषिप्रदेश ४समाचार

दरौदी कृषि सहकारीमा संगिता

दरौंदी कृषि तथा सहकारी संस्थामा संगिता कुमाल अध्यक्षमा चयन भएकी छिन् । गोरखा नगरपालिका १२ मा रहेको संस्थाको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनले कुमाललाई अध्यक्षमा सर्वसमत चयन गरेको हो ।

त्यस्तै संस्थाको उपाध्यक्षमा कृष्ण प्रसाद अर्याल, सचिवमा पूण्यकुमारी कुमाल, सहसचिवमा केशरबहादुर विक र कोषाध्यक्षमा सुशिला खनाल चयन भएका छन् ।

संस्थाका अध्यक्ष हर्कबहादुर कुमालको अध्यक्षतामा भएको अधिवेशनबाट सदस्यहरुमा निर्मलादेवी श्रेष्ठ, मुना कुमाल, राधिका कुमाल, खगुमाया लामिछाने, देव थापा मगर र तिलकुमारी कुमाल चयन भएको संस्थाले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गोरखा नगरपालिका १२ का वडाध्यक्ष डिलबहादुर थापाले गरेका हुन् ।

the authoradmin

Leave a Reply