ग्यालरीधर्म/संस्कृतिप्रदेश ४समाचारहाइलाइट-समाचार

सर्वसाधारण भन्छन् ः ‘पृथ्वीजयन्ती मनाउदैमा राजा फर्किदैन’

मोहसिन अलि मियाँ
गोरखा ।
‘पृथ्वीनारायण शाह हाम्रो इतिहास हो’ गोरखा नगरपालिकाले पृथ्वीजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा भेटिएका पोखरीथोकका ७४ बर्षिय विष्णुहरी अर्यालले भने ‘उहाँ नभइदिएको भए हामी न गोर्खाली हुनेथियौ न नेपाली नै’ दोस्रो जनआन्दोलनपछि पृथ्वीनारायण शाहको सन्दर्भमा सृजना भएको परिस्थिती देशका लागि दुर्भाग्यपूर्ण रहेको टिप्पणी गर्दै उनले इतिहासलाई बिर्सन नहुने बताए ।

‘२०६३ ताका एक हुल मान्छे आएर पृथ्वीनारायण शाहको शालिक ढाले, बजार बजार घिसारेर अपमान गरे’ अर्यालले थपे ‘अचम्म छ, अहिले तिनैले फेरी पृथ्वीजयन्ती बनाउन थालेका छन् ।’

त्यतिबेला शाह वंशको अनुहारै हेर्न नहुनेले आज भाषणमा उहाँको योगदानको चर्चा गर्नु हास्यास्पद रहेको उनको तर्क छ ।

कार्यक्रममै भेटिएका ८० बर्षिय हिक्मत बहादुर थापा त झनै पृथ्वीनारायण शाह आफ्नो भगवान भएको बताउछन् ।

पछिल्लो समय शाहको योगदान र इतिहास बिर्सदै गएको प्रति उनलाई कत्ति चित्त बुझेको रहेनछ । शाह वंशबाट धेरै राजा भएपनि पृथ्वीनारायण शाह फरक इतिहास भएको उनको तर्क थियो ।

‘राम्रो काम गर्नेलाई हामीले मान्ने हो, उहाँले गर्नुभएको योगदानलाई मेटाउनु भनेको पाप हो’ गोरखा संग्रहालय नजिकै घर भएका थापाले प्रश्न गरे ‘पृथ्वीजयन्ती मनाउदैमा देशमा राजा फर्किन्छ र ?’

पृथ्वी नारायण शाहकै भेषमा श्रीपेच सहित आएका पोखरीथोककै ६२ बर्षिय ओम बहादुर श्रेष्ठ कार्यक्रमका मुख्य आकर्षण बने । उनि भन्छन् ‘इतिहासको झल्को दिन उहाँकै शैली र भेषमा आएको हुँ ।’

सदरमुकाम र आसपासमा हुने ठूला सभा समारोहमा विगत ३ बर्षदेखि शाहको भेष र शैलीको अनुशरण गर्दै आएका श्रेष्ठ पनि इतिहासको सम्मान गर्न चुक्न नहुने तर्क गर्छन् ।

शिरमा श्रीपेच दौरा सुरुवाल सहित ढाल र तरवार बोकेर कार्यक्रम स्थलमा उभिँदा श्रेष्ठसंग सेल्फी लिनेको भिड नै लागेको थियो । शाहका स्वकिय सचिवका रुपमा रहेका कालु पाण्डेको भेषमा स्थानीय तोप प्रसाद श्रेष्ठ थिए ।

the authoradmin

Leave a Reply