अर्थकृषिप्रदेश ३समाज

दलित समुदायलाई आधुनिक औजार

राजेन्द्र कोइराला

काठमाण्डौ । टोखा नगरपालिका वडा नं. १ झोर महांकालमा रहेका ११ दलित परिवारलाई आधुनिक औजार वितरण गरिएको छ । दलित लक्षित बर्ग कार्यक्रम अन्तर्गत परम्परागत पेशा प्रबर्धनकालागि टोखा नगरपालिकाले एक लाख पचास हजार रुपैया बराबरको आधुनिक औजार वितरण गरेको हो ।

स्थानियको माग बमोजिम ११ घरपरिवारलाई सिलाई मेसिन २ थान, इन्टरलक मेसिन १ थान, वाइल्डिङ्ग मेसिन ५ थान, ड्रिल मेसिन १ थान, इलेक्ट्रिक आगो फुक्ने मेसिन २ थान वितरण गरिएको वडा नं.१ का वडाध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

दलित समुदायको परम्परागत पेशा प्रबर्धन गरि आत्मनिर्भर बनाउने उद्देश्यले औजार बितरण गरिएको वडाध्यक्ष अधिकारीले बताए । सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकता दिदै आगामी दिनमा अन्य जिविकोपार्जन सम्बन्धि कार्यक्रम ल्याई सामाजिक र आर्थिक रुपमा पछाडी पारिएको बर्गको सशक्तिकरण गर्ने योजना रहेको उनको भनाई छ ।

the authoradmin

Leave a Reply