खेलकुदप्रदेश ४समाचार

दोस्रो भट्टबेसी कपको उपाधी सनराईज युथ क्लवलाई

गोरखा नगरपालिका वडा नम्बर १४ मा भएको दोस्रो भट्टबेसी कपको उपाधी सनराईज युथ क्लव जितेको छ ।

मंगलबार भएको फाइनल खेलमा आयोजक भट्टबेसी युथ क्लव बि समुहलाई २—१ गोल अन्तरले पछि पार्दै सनराइज क्लब तीनकिलोले उपाधी जितेको हो । बिजेता टिमले नगद ३० हजार रुपैयाँसहित ट्रफि मेडल र प्रमाण पत्र पाएको छ भने उपबिजेताले १५ हजार ट्रफि, मेडल र प्रमाणपत्र पाएको हो ।

प्रतियोगिताको सेमिफाईनमा पुगेका ग्रिनल्याण्ड युथ क्लव ढुङगेटारी र आयोजक टिम भट्टबेसी युथ क्लव ए समुहले नगद पाँच/पाँच हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् ।

क्लवका राजेन्द्र ठकुरीको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा बिजेता टिमलाई गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले पुरस्कार बितरण गरेका हुन् ।

गोरखा नगरपालिका १४ भट्टबेसी मैदानमा २२ गतेदेखि सुरु भएको प्रतियोगितामा २१ टिमको सहभागीता रहेको थियो ।

प्रतियोगितामा सुजन थापा उत्कृष्ठ गोलकिपर, सुवास परियार सर्वाधिक गोलकर्ता र रबिन ठकुरी उत्कृष्ठ खेलाडी घोषित भए । प्रतियोगिता प्रथम पुरस्कार सुनगाभा सेनेटरी सेल्स एण्ड सप्लायर्सले प्रयोजन गरेको आयोजकले जनाएको छ ।

the authoradmin

Leave a Reply