Saturday, July 11

राष्ट्रियसभाबाट तीन विधेयक पारित

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित भएको छ।

Advertisement

सोमबार बसेको राष्ट्रियसभा बैठकमा  अनुगमन तथा मूल्यांकन विधेयक–२०७६, अखिलेख संरक्षण (पहिलो संशोधन) विधेयक–२०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक–२०७७ सर्वसम्मतिले पारित भएको हो।

Advertisement
Advertisement

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन तथा मूल्यांकन विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। त्यसैगरी उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीकोतर्फबाट पेश गरेको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पनि पारित गरिएको छ।

Advertisement

बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७  पारित गरियोस् भन्ने प्रस्ताव कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले पेश गरेकी थिइन्।

राष्ट्रिय सभाको अर्को बैठक यही माघ २७ गते शुक्रबार अपरान्ह ५ बजेका लागि बोलाइएको छ।   रासस