प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

भीरबाट लडेर युवकको मृत्यु

माघे सक्रान्ती मेला हेरेर फर्कदा भीरबाट लडेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।

शहिद लखन गाउँपालिकाको घैरुङमा मेला हेरेर घर फर्कदै गरेका ताङ्लीचोकका २३ बर्षिय मौसम थापा मगर बुधबार राती बतासे नजिकैको भीरबाट लडेर घाइते भएका थिए ।

मादक पदार्थ सेवन गरी साथीसंग घर फर्कदै गरेका थापा राती करिब ११ बजे भिरबाट लडेपछि स्थानीयले उद्धार गरेर तांलिचोक स्वास्थ्य चौकी पु¥याएका थिए ।

शरिरमा घाउचोट नदेखिएपछि होश आउने आशामा उनलाई आफन्त र परिवारले राती नै घर लगेका थिए ।

घाइते थापाको राती होश आएपनि बिहान एक्कासी समस्या देखिएपछि जिल्ला अस्पताल ल्याइएको थियो । तर अस्पताल पु¥याइए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका एसपी ओम प्रसाद अधिकारीले जानकारी दिए ।

the authoradmin

Leave a Reply