Friday, July 3

अमेरिकामा बस्ने नेपालीको फेसबुक ह्याक गरी ठगी गर्ने पक्राउ

नेपालअखबार, काठमाडाैं  । अमेरिकामा रहेका नेपालीको फेसबुक ह्याक गरी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार पोखरा- १९ लामाचौरका २३ वर्षीय आशिष परियारलाई प्रहरीले पक्राउ गरेको हो।

Advertisement
Advertisement

परियारले अमेरिकामा बस्ने एक जना नेपालीको फेसबुक ह्याक गरी एक जना साथीलाई सहयोग गर्न भन्दै म्यासेज पठाएका थिए।

Advertisement

उनले सहयोग रकम जम्मा गर्न भन्दै नेपालकै बैंकको खाता नम्बर पनि दिएका थिए।

ती साथीले उनले दिएको खातामा ५० हजार रुपैयाँ मोबाइल बैंकिङबाट पठाइदिएका थिए।

पैसा पठाएको तीन-चार दिनसम्म उताबाट कुनै प्रतिक्रिया नआएपछि के भएछ भनेर साथीका आफन्तलाई सम्पर्क गर्दा फेसबुक ह्याक भएको तथ्य खुलेको थियो।

त्यसपछि पीडितले ब्युरोमा निवेदन दिएका थिए।

‘अनुसन्धान गर्दै जाँदा प्राविधिक सबुत प्रमाण र ह्यूमन इन्टेलिजेन्सको आधारमा उक्त प्रोफाइल ह्याक गरी सोही प्रोफाइलमार्फत सरसहयोगको विभिन्न बहाना बनाई डिजिटल वालेटहरूमा रकम पठाउन लगाउने कार्यमा परियार संलग्न रहेको देखियो,’ ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले भने।

जिल्ला अदालत काठमाडौंबाट दुई दिनको म्याद लिएर परियारमाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।