दुर्घटनासमाचार

भक्तपुरमा सवारी दुर्घटना, २ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । भक्तपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

चागुँनारायण नगरपालिका-६ बाख्रीगाउँमा ०३-०२-००९ प ५५०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक शंकर तामाङको मृत्यु भएको हो ।

उनी सवार मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट खसेको थियो । दुर्घटनामा घाइते भएका उनको सुस्मा मेमोरियल अस्पताल, साँखुमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।

यस्तै जोरपाटीमा बा ४ ख ८९१२ नम्बरको बसको ठक्करबाट बा ९९ प ३४८५ नम्बरको स्कुटरका चालक ओमकुमारी श्रेष्ठको मृतयु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएकी उनको भत्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।बस र चालक भक्तपुर इताछेका दयाराम देशेमरु प्रहरी वृत्त, जगातीको नियन्त्रणमा छ ।

the authoradmin