प्रशासनसमाचार

पोखरामा मोडिफाइ गरिएका ५० मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

नेपालअखबार, पाेखरा । ट्राफिक प्रहरी कार्यालय कास्कीले सवारी नियम उल्लंघन गर्ने ५० वटा दुई पाङ्ग्रे सवारी साधनहरु नियन्त्रणमा लिएको छ ।

स्वरूप परिवर्तन(मोडिफाइ) गरेर ध्वनि प्रदूषण गर्ने गरी तिव्र गतिमा लापरवाही तवरबाट चलाई सवारी नियम उल्लंघन विभिन्न कम्पनिका मोटरसाईकल र चालकहरुलाई नियन्त्रणमा लिई कारवाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले यही माघ २६ र २७ गते गरी उक्त मोटरसाईकलहरुलाई नियन्त्रणमा लिएको हो । मोटरसाईकल मोडिफाई गरी शान्ति सुरक्षानै भङग गराउने गरी आवाज निकाल्ने जस्ता विभिन्न किसिमका जनगुनासोहरु प्रप्त भएपछी कास्की ट्राफिकले २५ गते बाट अभियाननै सञ्चालन गरी स्वरुप परिवर्तन भएका मोटरसाईकलहरु नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिईएका मोटरसाईकलहरुलाई पहिलेकै स्वरुपमा परिवर्तन गर्न लगाई एक हजारदेखी रुपैयाँदेखी पाँच हजारसम्म जरिवाना गर्न सकिने व्यबस्था रहेको भएपनि मोडिफाईड सवारी चालकलाई सवारी नियम सम्बन्धी कक्षा सञ्चालन गर्ने तयारीमा आफूहरु लागि परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले बताउनुभयो ।

the authoradmin