समाचारसमाज

पोखरा लेकसाइडको सेलवेज टावरमा आगलागी

नेपालअखबार, पोखरा । पोखरा स्थित लेकसाइडको सेलवेज टावरमा आगलागी भएको छ । लेकसाइड हल्लनचोकमा रहेको सेलवेज टावरका अन्डरग्राउण्डमा विद्युत सर्ट भइ आगलागी हुँदा त्यहाँ भएका पसल तथा रेष्टुरेन्टमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका हरि पौडेलका अनुसार करिब आधा घण्टा अगाडिदेखि आगलागी भएको हो ।

आगलागी नियन्त्रणमा लिइरहेका दमकल चालक रामजी केसीका अनुसार आगलागी नियन्त्रण नजिक छ । ‘आधा घन्टा भयो । अब आगलागी नियन्त्रण लिँदैछौं ।’ स्रोतका अनुसार बिजुली सर्ट भएपछि  आगलागी भएको हो । उक्त भवनमा हिमालयन जाभा, नबिल बैंकको शाखा लगायत पनि रहेका छन्।

क्षतिको विवरण करोडभन्दा माथि नै आउने प्रारम्भिक अनुमान गरिएको छ ।

the authoradmin