Saturday, May 2

सरकारकाे घाटा कम गर्न खानेपानीवाट नै नयाँ कामकाे थाल्नि गर्ने : खानेपानी मन्त्री खान

नेपालअखबार, काठमाडाैं । खानेपानी मन्त्री अब्दुल खानले  सरकारकाे घाटा कम गर्न खानेपानीवाट नै नयाँ कामकाे थाल्नि गर्ने बताएका छन् ।  काभ्रे जिल्लामा अवस्थित नेपाल खानेपानी संस्थान मिनरल वाटर आयोजना पनौतीमा पुगे  निरक्षण गरेका छन् । निरक्षणकाे त्रममा मन्त्री  खानले भने सरकारी  आयोजना यसरी घाटामा जादा देशमा थप आर्थिक भार पर्ने भएकाे हुदाँ  नाफा मुलक कम्पनीका रूपमा स्थापित गर्न पर्नेमा जाेड् दिनु भयाे । सरकारकाे लगानीमा हरेक वर्ष यसरी घाटा मात्र हुँदै जाने अवस्थालाई निरूत्साहित गर्न निर्देशन दिएका छन् ।

Advertisement

सरकारले उत्पादन गरेकाे खानेपानीकाे जार प्राइभेट कम्पनीकाे भन्दा कसरी मंहाेग हुदाँ उपभाेगताहरूलाई प्रत्यक्ष मार पर्ने हुँदा लागत कम गर्दै उत्पादन वृद्दि गर्न निर्देशन दिएका छन् ।  मन्त्री खानले  खानेपानी मन्त्रालायबाट याे आयोजनालाई  नाफा मूलक अवस्थामा लैजानका लागि  तत्काल अघि बढ्ने जान्कारी दिएका छन् ।

नेपाल खानेपानी संस्थान मिनरल वाटर आयोजना वि.सं.२०७४ देखि आयोजित भएता पनि याे आयोजना सञ्चालनमा आएकाे चार वर्ष मात्र पुरा भएकाे छ । उत्पादन सुरू भएदेखि नै घाटामा सञ्चालन भएकाे कर्मचारीले जनकारी दिए । आयोजनामा लागत भन्दा उत्पादन कम भएकाले हरेक वर्ष करिव पचास लाख  घाटा हुँदै गएकाे अवस्था रहेकाे छ । उत्पादीत खानेपानीकाे माग राम्राे भएता पनि उत्पादन क्षमता बढाउन नसक्दा दैनिक तिन सय पचास मात्र जारमा पानी उत्पादन हुने गरेकाे छ ।