अर्थप्रशासनसमाचार

सरकारले ६ महिनामा तिर्‍यो १ खर्ब सार्वजनिक ऋण

नेपालअखबार, काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा १ खर्ब १ अर्ब ८८ करोड सार्वजनिक ऋण भुक्तानी गरेको छ । साउन महिनादेखि पुससम्मको अवधिमा सावाँ र ब्याज समेत गरी १ खर्ब रुपैयाँभन्दा धेरै सार्वजनिक ऋण भुक्तानी गरेको हो ।

यस अवधिमा आन्तरिक र बाह्य ऋणतर्फ सावाँ भुक्तानी ६४ अर्ब ५ करोड र ब्याज भुक्तानी ३७ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । सरकारले बजेट बनाउन र सरकारी खर्च धान्नका लागि आन्तरिक (वाणिज्य बैङ्कहरूसँग) र बाह्य (विदेशी दातृ निकायसँग) ऋण उठाउने गर्छ ।

the authoradmin