Saturday, July 4

संचारकर्मी हुँदै निर्माता बने सुदिप, चैत १० मा ‘ए साथी सुन’ प्रदर्शन

नेपालअखबार, पोखरा । पोखरामा रहेर संचारकर्म गर्दै आएका सुदिप पौडेल निर्माता बनेका छन् । पौडेलद्वारा निर्माण भएको चलचित्र ‘ए साथी सुन’ चैत १० मा देशव्यापी प्रदर्शन हुन लागेको हो । उनी फिल्मका सह—निर्माता हुन् ।
लभस्टोरी, कमेडी र लाइट थ्रिलर जनरामा बनेको फिल्ममा वर्षा सिवाकोटी प्रमुख भूमिका छिन् । रामराघव आचार्यले फिल्मलाई निर्देशन गरेका हुन् ।
उक्त फिल्मलाई आरआर कम्पनीले डिष्ट्रिब्युसन गर्न लागेको हो ।
फिल्ममा वर्षासहित रमेश बानियाँ, सुशील पोखरेल, विमला गिरी, जयनन्द लामा, लक्ष्मी साउद, सिद्धराज तिमल्सिना, सुवास शाह, रुकमिला अधिकारी, इभान सन्जेल, आर्यन खड्का, रमेश अधिकारी लगायतको अभिनय रहेको सह—निर्माता सुदिप पौडेलले जानकारी गराए ।
प्रदर्शन मिति नजिकएसँगै प्रचारप्रसारलाई पनि तिव्र पारिएको अभिव्यक्ति उनको छ । पौडेलले फिल्म निर्माण गर्ने सोच आफ्नो पहिलेदेखिको भएता पनि अहिले आएर पुरा भएको उल्लेख गरे । फिल्मको कथावस्तुलाई लिएर उनी आशावादी देखिन्छन् ।
विना कार्की र सन्तोषकुमार राई फिल्मका निर्माता हुन् । फिल्मलाई मानकृष्ण महर्जनको छायांकन गरेका हुन् । कुमार महर्जनको एक्सन कोरियोग्राफी रहेको फिल्ममा बाल कलाकार कृष्माको समेत अभिनय छ ।
फिल्मको फस्टलुक पोस्टर र टिजर केही दिनमा आउने जानकारी पौडेलले जानकारी गराए ।
चैत १० गते बाट प्रदर्शन हुन लागेको फिल्म ‘ए साथी सुन’ स्वर्गीय अभिनेता जयनन्द लामाको अन्तिम फिल्म हो ।

Advertisement
Advertisement

Advertisement