Wednesday, April 22

सांसद अरुण चौधरीको रिहाईबारे गृहले माग्यो राय

नेपालअखबार, काठमाडौँ । सांसद अरुण चौधरीलाई रिहा गर्नेबारे गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयसँग राय मागेका छ । बिहीबार रायका ‍‍‍‍‍‍लागि महान्यायाधिवक्ता कार्यालयलाई पत्राचार गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) जितेन्द्र बस्नेतले बताए । महान्यायाधिवक्ता रायकाअनुसार अरू प्रक्रिया अघि बढ्ने सहसचिव बस्नेतले जानकारी दिए ।

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । ट्याक्टर आगजनी गरेको पुरानो मुद्दामा उनी थुनामा छन् ।

Advertisement