
नेपालअखबार, काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
नेपाल खानेपानी संस्थानको ३४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खानले संस्थानलाई राजनीतिक अखडा बनाए सह्य नहुने चेतावनी दिए ।
खानेपानी संस्थान आम सर्वसाधारणहरुलाई स्वच्छ र सफा खानेपानी वितरणका लागि निर्माण भएकाले त्यसलाई राजनीतिक अखडा बनाउन नहुने उनको भनाइ छ ।
‘नेपालको राणाकालीन अवस्थादेखि खानेपानीको वृत्तमा सञ्चालन भएको खानेपानीको अवस्थाका देशका विभिन्न भागमा सञ्चालन छ । तर राजनीतिको अखडा नबनाउँ,’ उनले भने, ‘राजनीति गर्नु नै छ भने फिल्डमा आउनुस्, अरु पार्टीमा स्थान दिएनन् भने म मेरो पार्टीमा राम्रो स्थान दिन्छु । तर खानेपानीमा राजनीति नगर्नुस् ।’खानेपानीका लागि बजेट नछ्ट्यार प्राथमिकतामा नराखे आफैं त्यसको नेतृत्व गरेर प्रधानमन्त्री र अर्थमन्त्रीको कार्यालयमा घेर्न जाने उनले बताए ।
मन्त्री खानले भने आयोजनाहरू किन के कति कारणले समयमा संचालन हुन सकेका छैनन् । जसको कारणले देशमा आर्थिक भार थपिदै गएकाे अवस्था रहेकाे बताए । पनौति शाखाको मिनरल वाटर परियोजनामा आन्दानी होइन हरेक वर्षिक घाटामा करिव ५० देखि ४५ लाखको हाराहारीम छ । हामीले हरेक वर्ष लागानि मात्र गर्छौ मुनाफा त कुरा छाडौं लगानि समेत संकलन गर्न सक्दैनौ जसको आर्थिकभार राज्यले नै व्याहेरदै आएको छ ।
प्रत्यक्ष यसको भार जनतालाई नै पर्दै जाने गरेको मन्त्री खानले बताएका छन् । प्राइभेट कम्पनिको सानो लगानिलाई उनीहरुको लगनशिलताले निरन्तर मुनाफा दिलाउछ भने किन हामीले कारण हरेक वर्ष आर्थिक भार मात्र थपिदै गएको मन्त्री खानले बताए । कर्मचारीको पहिचान नै राष्ट्रसेवकको हुन राष्ट्रसेवकका रूपमा नै रहन पर्ने निर्देशन दिएका छन् ।
मन्त्री खानले नयाँ प्रविधिलाई अपनायर भए पनि शुद्ध खानेपानी वितरण हुनु पर्छ भन्दै जनतालाई दुख दिने काम काहि कतैवाट नहोस् भनि निर्देशन दिएका छन् ।
उत्त कार्यकत्रम नेपाल खानेपानी संस्थानका अध्यक्ष गुणाखर भुषाालकाे अध्यक्षमा सम्पनन भएकाे थियाे । अध्यक्ष भुषालले वर्षिक प्रतिवेदन पेश गर्नु भएकाे थियाे ।
खानेपानी मन्त्रालयका कार्यभावक सचिव शाेभाकान्त पाैड्लले आफ्नाे भनाइ राखेका थिए ।

