
नेपालअखबार, बाकें । खानेपानि मन्त्री अब्दुल खान बाकें र बर्दियामा खानेपानी परिक्षण गर्न जनता माझ पुगेका छन् । मन्त्री खानले बाकें र बर्दिया जिल्लाको विभिन्न स्थानहरुमा खानेपानीको गुणस्तर जाचंबुझ गर्न आफ्नाे नेतृत्वमा कर्मचारी सहित गाउ टाेल सम्म पुगेकाछन् ।
मन्त्री खानले निरन्तर रुपमा खानेपानी परिक्षण स्थानीय तहमा गरिने बताएका छन् । जनताले शुद्ध खानेपानी पाउनु नै पर्छ यसकाे कुनै विकल्प छैन मन्त्री खानले बताए । मन्त्री खान आफै बर्दिया जिल्लाकाे विभिन्न स्थानहरुमा खानेपानी परिक्षण सेवा सहित मन्त्री सेवा पर्वाहमा जुटेका थिए ।


