प्रशासनसमाचार

आज रातिदेखि बिमलनगर-घाँसीकुवा सडकखण्ड दैनिक ४ घन्टा बन्द

नेपालअखबार, तनहुँ। मुग्लिन-पोखरा सडक योजना (पूर्वीखण्ड) तनहुँले आज रातिदेखि दैनिक ४ घन्टा सडक बन्द गरेर काम गर्ने भएको छ।

तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो।

फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गरिने भएको हो।

सडक बन्द गरिएका बेला यो सडकखण्डमा सवारी साधन सञ्चालन नगर्न पनि योजना कार्यालयले आग्रह गरेको छ।

यस्तो छ सूचना:

the authoradmin