
नेपालअखबार, काठमाडाैं । खानेपानी मन्त्री अब्दुल खान आजअमेरिका प्रस्थान गरेका छन् । द यूनाइटेड नेशनल २०२३ वाटर कन्फेशन ( The Unaited Nations 2023 Watre Conference) मा सहभागि हुन मार्च २२ गते अमेरिका जादैछन् । भ्रमणका त्रममा अमेरिकामा विभिन्न देशका कुटनितिक नियाेग तथा अन्तराष्ट्रिय व्यापारी समूहका बिचका भेट्घाट रहने मन्त्री खानेले जान्कारी दिएका छन् । नेपालकाे संविधानले प्रत्यक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचकाे हक हुने संवैधानिक साथै दिगाे विकासकाे लक्ष्य संघिय खानेपानी मन्त्रालय जिम्मेवार रहेकाे छ । जनताकाे संवैधानिक अधिकार पूरा गर्नु नै आफ्नाे कर्तव्य रहेकाे मन्त्री खानले बताएका छन् ।
संयुत्त राष्ट्र संघकाे मुख्यलय न्यूयाेर्कमा यहि चैत्र ८ देखि १० गते ( मार्च २२ देखि २४) सम्मकाे कार्यत्रममा नेपाल सरकारकाे तर्फबाट खानेपानी मन्त्री सहभागि हुदैछन् । मन्त्री खानेले नेपालकाे वर्तमान खानेपानी साथै सरसफाई अवस्थाबारे जानकारी दिनेछन् । वर्तमान आवश्यकता अनुसार अन्तराष्ट्रियहरूकाे नयाँ याेजनाले जनतालाई खानेपानी तथा सरसफाई क्षेत्रमा अनुभुति हुने गरी याेजना बनाएर अघि बढ्ने बताएका छन् । नेपालकाे खानेपानीलाई अन्तराष्ट्रिय तहमा पुराउन पहल गर्ने मन्त्री खानले जानकारी दिए । मन्त्री खान चैत्र १३ गते नेपाल फर्किने कार्यत्रम रहेकाे छ।


