राजनीतिसमाचार

सरकार गठनको प्रक्रियाबारे गृहकार्य गर्न अध्यक्ष नेपालको नेतृत्वमा कार्यदल गठन

Nepal Akhabar

नेपालअखबार, काठमाडौं । एकीकृत समाजवादीले अध्यक्ष माधव नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको छ । मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले सरकार गठनको समग्र प्रक्रियामा गृहकार्य गर्न अध्यक्ष नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदल गठन गरेको हो ।

बैठकमा कुन नीति तथा कार्यक्रम र कुन हिस्सेदारीमा सरकारमा जाने भनेर छलफल भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख  जगन्नाथ खतिवडाले जानकारी दिनुभयो  ।  कार्यदलले गठबन्धनका अन्य दलहरूसँग छलफल गर्नेदेखि आफ्नो दलको तर्फबाट को को सरकारमा जाने भन्ने विषयमा छलफल गर्नेछ ।

the authoradmin