राजनीतिसमाचारहाइलाइट-समाचार

कांग्रेसको निश्कर्ष : गच्छदारलाई फसाइयाे

काठमाडौं– बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेपछि आज कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

कांगेस केन्द्रीय कार्यालय सानेपामा अपरान्ह ४ बजे पत्रकार सम्मेलन गर्दै कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्न लागेको एक कांग्रेस नेताले जानकारी दिए ।

आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले सरकारले बदनियतपूर्ण र प्रतिशोध लिने सोचका साथ यो अभियान चालेको निष्कर्ष निकाल्दै सशक्त प्रतिकार गर्ने कांग्रेसले जनाएको छ ।

the authoradmin

Leave a Reply