Friday, July 3

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

नेपालअखबार, काठमाडाैं। नवनियुक्त मन्त्रीहरूले आज शपथ लिएका छन्।

Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका हुन्।

Advertisement
Advertisement

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित रक्षा मन्त्री बनेका छन्।

Advertisement

यस्तै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री बनेका छन्। एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भूसाल कृषि तथा पशुपंक्षी विका मन्त्री बनेका छन्।

जसपा नेता अशोककुमार राई शिक्षा मन्त्री बनेका छन्। लोसपा नेता शरदसिंह भण्डारी श्रममन्त्री, कांग्रेस नेता प्रकाशशरण महत अर्थमन्त्री, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव महिला बालबालिका मन्त्री, माओवादी नेता शक्तिबहादुर बस्नेत ऊर्जामन्त्री भएका छन्।

यस्तै माओवादीकी रेखा शर्मा सञ्चार मन्त्री, माओवादीकै सुदन किराती संस्कृति मन्त्री, माओवादीकै अमनलाल मोदी संघीय मामिला मन्त्री, एकीकृत समाजवादीका प्रकाश ज्वाला भौतिक मन्त्री, नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्री, कांग्रेसका रमेश रिजाल उद्योग मन्त्री, कांग्रेसकी सीता गुरूङ सहरी विकास मन्त्री, संस्कृति राज्यमन्त्री माओवादीकी सुशीला सिर्पाली ठकुरी बनेकी छन्।

माओवादीका मन्त्रीहरू भने गत पुस १० मै नियुक्त भएका थिए। तीमध्ये शक्ति बस्नेत आज मन्त्री थपिएका हुन्। भौतिक मन्त्री रहेका नारायणकाजी गृहमा सरेका छन्।

नेपाली कांग्रेसले ८ मन्त्रालय पाएकोमा ४ मन्त्री अझै पठाएको छैन।

प्रधानमन्त्री पुष्पकमल दाहालले कानून, परराष्ट्र, युवा तथा खेलकुद, वन र स्वास्थ्य मन्त्रालय आफैँसँग राखेका छन्। यसैबीच आज जनमत पार्टीका अब्दुल खानले पनि खानेपानी मन्त्रीबाट राजीनामा दिएका छन्।