Saturday, May 9

विश्व बैंकले दियो आवास पुनर्निर्माणका लागि २३ अर्ब ऋण

विश्व बैंकले भूकम्पीय आवास पुनर्निर्माण आयोजनाका लागि करिब २२ अर्ब ८० करोड रुपैयाँ सहयोग गरेको छ।

अर्थ मन्त्रालयमा बिहीबार एक समारोहका बीच विश्व बैंकका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच भूकम्पीय आवास पुनर्निर्माण आयोजनाका लागि ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

Advertisement

सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका तर्फबाट कन्ट्री म्यानेजर फारिस एच हाडाड जर्भोसले हस्ताक्षर गरेका छन्।

दोस्रो थप ऋण सहायता स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौताअनुसार प्राप्त विश्व बैंकको पछिल्लो सहयोग रकमलाई भूकम्प प्रभावित ३२ जिल्लाका ८६ हजार ६ सय ८० वटा आवास निर्माणमा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *