
नेपालअखबार, काठमाडाैं । अमेरिकाकाे न्यूयाेर्क शहरका मेयर एरिक एडम्सले इफ्तार डिनर गर्दैछन् । मेयर एरिकले न्यूयाेर्क शहर रहेका मुस्लिम समुदायका आफ्ना जनताहरू प्रति सम्मान व्यत्त गर्दै एक दिन (राेजा) व्रर्त बसेका थिए । उनले भनेका थिए हामीले सबै धर्म रितिरिवाजकाे सम्मान गर्न सक्नु पर्छ । विश्वभरका मुस्लिम समुदायले मनाइ रहेकाे पवित्र पर्व रमदानकाे अवसरमा सबै मुस्लिम समुदायलाई शुभकामना यर एरिकले दिए ।

मेयर एरिकका अनुसार मैले स्वयम एक दिन भए पनि (राेजा) व्रर्त बसेर न्यूयाेर्क शहरका मुस्लिम समुदायसंग याे पर्व मनाएकाे छु । जनता माथि शासन चलाउने मात्र काम हाेइन मेरा जनताकाे मुटुमा पनि बस्नु छ । हामी बिच भाइचार कायम हुन आवश्यक रहेकाे मेयर एरिकले बताए ।

उत्त इफ्तार समाराेहमा करिब एक हजार नगरवासीकाे उपस्थित रहेकाे थियाे । इफ्तार डिनर समाराेह अल खाेइ फाउडेशनले आयाेजना गरेकाे थियाे । अहिले विश्वभरका मुस्लिम समुदायले रमदान पर्व मनाइ रहेका छन् । उक्त समाराेहमा न्यूयाेर्क शहरका मुस्लिल अगुवा नेताहरूकाे उपस्थित रहेकाे थियाे । न्यूयाेर्कबाट मुस्लिम नेता साहिद खानले नेपालअखबारफाइ जानकारी दिए ।






