Wednesday, July 29

म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण

नेपालअखबार, म्याग्दी। म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ।

Advertisement

भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन्।

Advertisement
Advertisement

विज्ञ केन्द्र र बेनी नगरपालिका १३÷१३ हजार तथा धौलागिरि गाउँपालिकाले सात हजार भुरा कृषकलाई वितरण गरेका छन्।

Advertisement

जिल्लाका ४५ कृषकलाई केन्द्रका प्रमुख एवं पशु चिकित्सक जीवनप्रसाद आचार्य र बेनी नगरका पशु शाखा प्रमुख प्रदीप गौतमले भुरा वितरण गरे।

मागअनुसार बेनीका ३५, अन्नपूर्णका सात र रघुगङ्गाका तीन कृषकलाई पोखरीको क्षेत्रफलको आधारमा भुरा वितरण गरिएको बेनी नगरपालिकाका पशु शाखा प्रमुख गौतमले जानकारी दिए।

भुरा नवलपरासीबाट खरिद गरिएको हो। व्यावसायिक उत्पादनमा जोड दिन  कृषकलाई अनुदानमा भुरा, औषधि, तालिम र प्राविधिक सहयोग उपलब्ध गराइँदै आएको छ।

जिल्लामै भुरा उत्पादन भने हालसम्म गर्न सकिएको छैन। जिल्लामा व्यावसायिकरुपमा माछापालन गर्ने कृषक ५० भन्दा बढी रहेको बताइएको छ।  रासस