Friday, July 3

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

नेपालअखबार, एजेन्सि । अमेरिका र कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ।

Advertisement

काठमाडौं‌ महानगरपालिका–१४ घर भई बूढानीलकण्ठ नगरपालिका कपन बस्ने ४२ वर्षीय पवन राणालाई प्रहरीले पक्राउ गरेको हो।

Advertisement
Advertisement

राणाले सयौँ व्यक्तिलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाइदिन सक्छु भन्दै प्रलोभनमा पारी करोडौँ रकम लिएर सम्पर्कविहीन भएकाले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंबाट पत्राचार भएपछि प्रहरीले उनलाई बूढानीलकण्ठ कपनबाट पक्राउ गरेको जनाएको छ।

Advertisement

पक्राउ परेका राणालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।