Saturday, April 18

थाइल्यान्डमा २१ जनाको हत्या गर्ने सन्काह सैनिकलाई गोली हानियो

थाइल्यान्डको नाखोन रचासिमामा शनिबार अन्धाधुन्ध गोली प्रहार गरी २१ जनाको हत्या गर्ने सन्काह सैनिकलाई सुरक्षाकर्मीले आइतबार हत्या गरेका छन् ।

‘यो अवस्थाको अन्त्य गरेकोमा धन्यवाद प्रहरी तथा सेना। सुटरलाई गोली हानी मारिएको छ,’ थाइल्याण्डका सार्वजनिक स्वास्थ्य मन्त्री अनुतिन चर्नविराकुलले फेसबुकमा भनेका छन् ।

Advertisement

आक्रमणकारी ती सैनिकलाई एउटा सपिङ सेन्टरमा लुकिरहेको अवस्थामा घेरा हालेर गोली हानी हत्या गरिएको हो ।

‘प्रहरीले ती आक्रमणकारीलाई मार्नुका साथै आठजनाको उद्दार गरेको छ, तीमध्ये केही घाइते छन्,’ एक सुरक्षाकर्मीले बताए ।

शनिबार थाइल्यान्डको नाखोन रचासिमामा जकरापंत थोमा नाम गरेका ती सैनिकले अन्धाधुन्द गोली प्रहार गर्दा २१ जना मारिएका थिए भने दर्जनौं घाइते भएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *