अर्थप्रदेश ४समाचारसमाज

स्थापना दिवशमा सिद्धि गणेशले दियो शक्तिलाई वाटर फिल्टर

श्री सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको नवौ बार्षिक उत्सव मनाएको छ ।

स्थापना दिवशकै अवसरमा संस्थाले पाटेचौरमा रहेको शक्ति माध्यामिक विद्यालयलाई वाटर फिल्टर प्रदान गरेको छ । संस्थाले करिब २५ हजार बराबरकाे फिल्टर विधालयलाइ दिएकाे हाे ।

बिधार्थीहरुलाई स्वच्छ खानेपानीको सुबिधा पु¥याउने उद्देस्यले फिल्टर उपलब्ध गराएको सहकारीका प्रबन्धक गणेश श्रेष्ठले जानकारी दिए ।

त्यस्तै सहकारीले दिवसको अबसरमा उत्कृष्ट कर्मचारी तथा शेयर सदस्यका छोराछोरीहरु मध्ये एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल बिधार्थीलाई सम्मान गरेको प्रबन्धक श्रेष्ठले जानकारी दिए ।

कर्मचारीबाट मुनु जोशी र बिधार्थीमा रोसिका के.सी लाई सम्मान गरिएको हो । २०६७ सालमा स्थापना भएको सहकारीमा हाल कुल १८ करोड ६ लाख कुल पुँजी रहेको श्रेष्ठले बताए । सहकारीमा हाल १ हजार ३ सय शेयर सदस्य रहेका छन ।

सहकारीले स्थापना दिवसको अबसरमा बिजुली पानीको बिल तिर्न, व्यालेन्स ट्रान्सफर गर्नका लागि मोवाईल एप्स समेत सञ्चालनमा ल्याएको प्रबन्धक श्रेष्ठले बताए ।

the authoradmin

Leave a Reply