Sunday, July 12

बाजुराको दहकोट केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्यूडको भूकम्प

नेपालअखबार, बाजुरा। बाजुरा केन्द्रबिन्दु भएर गएराती दुईपटक भूकम्प गएको छ।

Advertisement

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुरामा दुईपटक भूकम्प गएको हो।

Advertisement
Advertisement

बाजुराको दहकोट केन्द्रबिन्दु भएर गएराती ११ः५८ बजे  ४.९ म्याग्निच्यूडको र  १ः३० बजे ५.९ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ।

Advertisement

बडिमालिका नगरपालिकाका उपमेयर नन्दा थापाका अनुसार भूकम्प गएपछि मानिसहरु घरबाहिर निस्केका थिए।

बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भूकम्पको क्षतिबारे जानकारी नआएको बताए।

क्षतिको विवरण संकलन गर्न प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।