पर्यटनविदेशसमाचारसमाज

गोरखाका मेयर पन्तलाई बेलायतमा सम्मान

गोरखा । रश्मोर बरो काउन्सिलसंग भगिनी सम्बन्ध स्थापनाका लागि बेलायत पुगेका गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तलाई जनसम्पर्क समितिले सम्मान गरेको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरी मञ्चले नगरप्रमुख पन्त सहित सिरानचोक गाउँपालिकाका उपाध्यक्ष रीता देवकोटा नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापालाई सम्मान गरेको हो ।

मञ्चका उपाध्यक्ष तर्क जंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा भ्रमण बर्ष २०२० र गोरखा जाऔं अभियानका बारेमा छलफल भएको थियो ।

त्यस्तै आइतबार गोरखा तमु समाज युकेले समेत अन्तरकृया कार्यक्रमको आयोजना गर¥यो । अन्तरक्रिया कार्यक्रममा सहभागी नगर प्रमुख पन्तले गोरखामा तमु संग्राहालय बनाउने विषयमा छलफल गरेका छन् ।

तमुहरुको बाहुल्यता रहेको गोरखामा संग्राहालय निर्माण गर्दा भाषा, संस्कृतीको संरक्षण हुने उनले बताए ।

तमु संग्राहालय निर्माणमा गोरखा नगरपालिकाले साथ दिने भएकाले सहयोग गर्न बेलायत स्थित तमु समाजलाई मेयर पन्तले अनुरोध गरे ।

कार्यक्रममा तमु समाज युकेका अध्यक्ष खड्कजित गुरुङ, गोर्खाली समाज युकेको उपाध्यक्ष हरिभक्त न्यौपाने, कुमारी गुरुङ, योगेन बहादुर क्षेत्री, शिवजी श्रेष्ठ लगायत गोर्खाली तमुहरुको उपस्थिती रहेको थियो ।

आईतवार नै एक कार्यक्रमका बिच गोर्खाली समाज युकेले नगरप्रमुख पन्त सहितको टोलीलाई सम्मान गरेको छ ।

the authoradmin

Leave a Reply