अर्थविदेशसमाचार

नेपाली उत्पादनलाई न्यूयाेर्कमा बजार व्यवस्थापन गर्न ब्रुक्लिन चेम्बर अफ कमर्सकाे तैयारी

Nepal Akhabar

नेपालअखबार, न्यूयाेर्क । संयुक्त राज्य अमेरीको न्यूयोर्कमा  ब्रुक्लिन चेम्बर अफ कमर्सले नेपाल सरकारकाे दुतावास बिच नेपाली उत्पादन र बजारलाई न्यूयाेर्ककाे बजार व्यवस्थापन गर्ने बारे  बैठक सम्पन्न भएकाे छ । उत्त बैठकमा नेपाल सरकारकाे तर्फवाट  कन्सुल  विष्णु प्रसाद गाैतम र वाइस कन्सुल संगिता न्याैपानेकाे उपस्थित रहेकाे थियाे । कन्सुल  गाैतमले अमेरीकामा रहेर पनि नेपालकाे विकासका लागि सहकार्य गर्न अघि बढ्यकाेमा  ब्रुक्लिन चेम्बर अफ कमर्सलाई धन्यवाद दिए ।

नेपाल सरकारकाे तर्फबाट आवश्यक सहयाेग र सहकार्य गर्ने  कन्सुल  गाैतमले जानकारी दिएका थिए ।

ब्रोक्लिन चेम्बर अफ कमर्शकाे  चेम्बरका अध्यक्ष रेन्डी पियर्सका साथमा चेम्बरका  पदारीकारीकाे उपस्थित रहेकाे थियाे । अध्यक्ष रेन्डीले नेपालकाे विकास र उत्पादन साम्रागिलाई  अमेरीकाकाे न्यूयाेर्क ल्याउने  आफ्नाे  चाहना रहेकाे बताए ।

उत्त बैठक न्यूयोर्क स्थित ब्रुक्लिन चेम्बर अफ कमर्सकाे कार्यलय अमेरिकामा   सम्पन्न भएकाे   चेम्बरका बोर्डसदस्य शाहिद खानले  जानकारी दिए ।

the authoradmin