Saturday, July 4

राष्ट्रिय आविष्कार केन्द्रका माग मुलुकको वैज्ञानिक विकासका लागि महत्वपूर्ण -नेता खनाल

नेपालअखबार, काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय आविष्कार केन्द्रका माग मुलुकको वैज्ञानिक विकासका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ ।

Advertisement

माईतीघर स्थित धर्नास्थलमा पुगेर महावीर पुनलाई भेटघाट गरी पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता खनालले आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै पार्टीको संस्थागत समर्थन रहेको जनाउनु भयो । नेता खनालले सरकारले उक्त आन्दोलन मार्फत भएका मागलाई अविलम्ब पूरा गर्नुपर्ने बताउनुभयो ।

Advertisement
Advertisement

नेता खनालले बजेट निर्माणका क्रममा रहेकाले केन्द्रले राखेका माग पूरा गर्न आवश्यक कानुन संशोधन गर्न आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। धर्नास्थलमा पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले समृद्धिका लागि खोज, अनुसन्धान, नवीन सोच र आविष्कार अपरिहार्य विषय भएको बताउँदै आविष्कार केन्द्रले उठाएका विषय र मागहरू जायज भएको बताउनुभयो ।

Advertisement

उहाँले नेपाललाई सबल, सक्षम र आत्मनिर्भर बनाउन पुनको प्रयास सह्रानीय रहेको र राज्यले पुन जस्ता निस्वार्थ अभियन्तालाई खोज, अनुसन्धानका लागि उचित वातावरण सिर्जना र प्रोत्साहित गरिनुपर्नेमा जोड दिनुभयो। आविष्कार केन्द्रका पुनले आफ्नो अभियानमा संस्थागत उपस्थिति र ऐक्यबद्धता जनाएकोमा धन्यवाद दिदै अनुसन्धान, नबप्रवर्तन र आविष्कारमा राजनीतिक दलका बीच साझा धारणा र एकताबद्ध प्रयास हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पार्टीका नेताहरु साध्यबहादुर भण्डारी आलोक रायमाझी अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले समेत ऐक्यवध्दता जाहेर गर्नु भएको थियो ।