खेलकुदप्रशासनसमाचार

एसीसी प्रिमियर कप विजेता टोलीलाई जनही ६–६ लाख दिने सरकारको निर्णय

Nepal Akhabar

नेपालअखबार, काठमाडौँ । सरकारले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीका खेलाडीलाई जनही ६–६ लाख रुपैयाँ दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विजेता नेपाली टोलीलाई जनही ६–६ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

त्यस्तै अफिसियल टोलीलाई जनही ३–३ लाख रुपैयाँ दिने निर्णय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा  सम्पन्न फाइनल खेलमा प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले एसीसी प्रिमियर कपकाे उपाधि जितेको थियो ।

the authoradmin