Tuesday, May 5

नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा सहयोग गर्छु : प्रतीक थापा

नेपालअखबार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि त्यसको खण्डन गरेका छन् । तर, संवेदनशील विषय भएकोले छानबिनमा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

प्रेस वक्तव्य जारी गर्दै थापाले गृह मन्त्रालयमा हुँदा कोही कसैसँग सम्झौता जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गरेका छन् । त्यसबाहेकका कुनै काम नगरिएको भन्दै उनले आपत्ति जनाएका छन् ।

Advertisement

पटक-पटक आफूमाथि राजनीतिक प्रतिसोध साँध्न यस्ता आरोप लाग्ने गरेको उल्लेख गर्दै थापाले भनेका छन्, ‘ …तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको अभियोगमा प्रतीक थापाविरूद पक्राउ पुर्जी जारी  भएको छ । थापा एमाले उपाध्यक्ष एवंम पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा हुन् ।