Monday, July 6

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाए

नेपालअखबार, पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्।

Advertisement

प्रदेश सभाको बिहीबार बसेको बैठकमा उनले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो।

Advertisement
Advertisement

मुख्यमन्त्री पाण्डेलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ जना गरी ३५ जना सांसदले विश्वासको मत दिएका थिए।

Advertisement

उनको विपक्षमा नेकपा एमालेका २२ सांसदले मत दिएका थिए भने राप्रपाका २ जना सांसद तटस्थ बसेका थिए।

६० जना सदस्य रहेको गण्डकी प्रदेश सभामा बहुमत जुटाउन ३१ जना सांसदको समर्थन चाहिन्छ।

गण्डकीमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा पाण्डे मुख्यमन्त्री बनेका थिए।

वैशाख १४ गते मुख्यमन्त्री भएका पाण्डेले १५ गते सपथ ग्रहण गरेका थिए भने सोही दिन कांग्रेसबाट सरस्वती अर्याल तिवारी, माओवादी केन्द्रका सुशिला सिम्खडालाई मन्त्री नियुक्त गरेका थिए।

विश्वासको मत पाएपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषदलाई पूर्णता दिने र मन्त्रीहरूको कार्यविभाजन गर्ने बताएका छन्।