नेपालअखबार, काठमाडौँ । फाइभजी परीक्षणको जिम्मेवारी पाएको नेपाल टेलिकमले काठमाडौँसँगै पोखरा र वीरगन्जमा पनि परीक्षण सुरु गरेको छ । टेलिकमले यसअघि काठमाडौँको बबरमल र सुन्धारामा फाइभजीको टावर राखेर परीक्षण सुरु गरिरहेको हो
टावर जडानको काम सकिएसँगै फाइभजी जडान गर्दा आउने समस्या र चुनौतीका विषयमा अध्ययन हुन्छ । जोडिएका टावरबाट प्रवाह हुने सेवाकामाध्यमबाट हुने परिणाम लगायतका विषय समेत हेरिन्छ । टेलिकमले चिनियाँ कम्पनी हुवावेसँगको समन्वयमा नेपालमा फाइभजी परीक्षण गरिरहेको छ ।