
नेपालअखबार, काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ ।
बुधबार काठमाडौँमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले अहिले भ्रष्टाचारका फाइलहरू खोलिन थालेको भन्दै नेताहरू कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्नेकुरा देखिएको बताउनु भयो ।
देशको राजनीति कुन तहसम्म गिरेको रहेछ भन्नेकुरा भ्रष्टाचारका काण्डहरुले दिइरहेको भन्दै नेता नेपालले भ्रष्टहरुलाई कारबाही गर्न खुट्टा नकमाउन पनि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गर्नुभयो ।




