Friday, July 3

शरणार्थी प्रकरणका सबै दोषीमाथि कारबाही होस् – एकीकृत समाजवादी

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने प्रकरणका सबै दोषीमाथि कारबाही हुनुपर्ने जनाएको छ ।

Advertisement

बुधबार केन्द्रीय सचिवालयको ६० औं बैठकपछि एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालद्वारा एक विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने प्रकरणले आर्थिक अनियमितता मात्रै नभएर मानव तस्करी र देशघाती भएको जनाएको छ ।

Advertisement
Advertisement

विज्ञप्तिमा भनेको छ, ‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमाथि सरकारले कारबाहीको प्रक्रिया शुरु गरेको छ । अहिले त्यस काण्डका एकपछि अर्को रहस्य सतहमा आउँदै छन् । उच्च तहका राजनीतिक र प्रशासनिक अधिकारीहरु यसको घेरामा पर्दै गएका छन् । घटनाको प्रकृतिले यो आर्थिक अनियमिता मात्रै नभएर मानव तस्करी र देशघाती समेत हो भन्ने छर्लङ्ग छ ।’

Advertisement

विज्ञप्तिमा भनिएको छ  शक्ति आडमा कुनैपनि बहानामा दबाब वा प्रभावबाट अनुसन्धान र कार्यवाही प्रक्रिया कमजोर हुन नदिन र सबै दोषीमाथि कार्यवाही गर्न समेत एकीकृत समाजवादीले सरकारसँग माग गरेको छ ।  ‘कुनैपनि शक्तिले कुनैपनि बहाना पार्ने, कुनै पनि दबाब वा प्रभावबाट यो काण्डको अनुसन्धान र कार्यवाही प्रक्रिया कमजोर हुन नजाओस् र सबै दोषीमाथि कार्यवाही गर्न सरकार दृढतापूर्वक अघि बढोस् भन्ने कुरामा हाम्रो पार्टी जोड दिन्छ ।

दबाइएका अन्य घटनाहरूमा पनि यसैगरी छानबिन अगाडि बढाउन हाम्रो पार्टी माग गर्छ ।’ साथै, एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न माथि अनुसन्धान र कार्यवाही प्रक्रियालाई सतर्कतापूर्वक हेर्न र निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पार्टी पंक्ति र जनसंगठनहरुलाई आह्वान समेत रहेको छ ।

नेकपा ( एकीकृत समाजवादी ) को केन्द्रीय सचिवालयको ६० औँ बैठक पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको थियो ।