
नेपालअखबार, काठमाडौं ।प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले नागरिकताविहीन मधेसी समुदायको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकताबारे संसद्मा भएको छलफलमा सांसद श्रेष्ठले नागरिकता नभएकै कारण राज्यबाट प्रदान हुने सामाजिक सुरक्षा तथा अवसरबाट मधेसी समुदाय बञ्चित हुँदै गएको बताउनु भयो ।
‘नागरिकता पाइसकेका बाबु-आमाका सन्तानले पनि नागरिकता पाएका छैनन्’, मधेसी-दलित, मधेसी-आदिवासी नागरिकताबाट वञ्चित हुनेमा अग्रपङ्क्तिमा छन्। नागरिकता विधेयक संसद्बाट पास भएपछि नागरिकता विहीनको अनुहारमा खुसी छाएको भए पनि राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा नागरिकतासम्बन्धी समस्या समाधान हुन सकेन।’ उहाँले भन्नुभयो ।

