Friday, July 3

इमरान खानलाई धरौटीमा रिहा गर्न इस्लामावाद उच्च अदालतको आदेश

नेपालअखबार, एजेन्सि। पक्राउ परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न इस्लामावाद उच्च अदालतले आदेश दिएको छ।

Advertisement

द डन समाचार पत्रका अनुसार शुक्रबार इस्लामावाद उच्च अदालतका दुई न्यायाधीशको संयुक्त इजलासले खानलाई १४ दिनसम्म फेरि पक्राउ नगर्न आदेश दिएको हो।

Advertisement
Advertisement

अदालतको आदेशसँगै खान हिरासतबाट रिहा भएका छन्।

Advertisement

यसअघि बिहीबार पाकिस्तानको सर्वोच्च अदालतले खानलाई पक्रिनु गैरकानुनी भएको उल्लेख गर्दै उनको मुद्दामा उच्च अदालतमा सुनुवाइ गर्न आदेश दिएको थियो।

इस्लामावाद उच्च अदालत जान लागेका खानलाई गत मंगलबार पक्राउ गरिएको थियो। अल क्वाडर युनिभर्सिटी ट्रस्टको भ्रष्टाचार मुद्दामा खानलाई पक्राउ गरिएको थियो।