Sunday, April 19

स्कुटरको सिटमुनी लागुऔषध, आँबुखैरेनीबाट समातिए २ कारोबारी

गाेरखा । तनहुँको आँबुखैरेनीमा ठुलो परिमाणको लागु औषध फेला परेको छ ।

आँबुखैरेनीबाट डुम्रे तर्फ जाँदै गरेको ग. १७ प. ३३७२ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा सिटमुनी लुकाएर लैजादै गरेको अबस्थामा १६६ थान लागु औषध फेला पारेको हो ।

Advertisement

बरामद भएको मध्ये ५२ थान डाईजेपाम, ५१ थान नुर्फिन र ५३ फेनारगन रहेको प्रहरी निरीक्षक वुद्धिप्रसाद सुवेदीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको टोलीले उक्त स्कुटरमा सबार लम्जुङको दूधपोखरी गाउँपालिका ६ घर भई हाल सुन्दरबजार नगरपालिका ८ ठाडो लाइन बस्ने ३० बर्षका आइते तामाङ र सुन्दरबजार नगरपालिका ६ तार्कु निबासी २४ बर्षीय सुजन तामाङलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *