Friday, July 3

सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते संसदमा प्रस्तुत हुने

नेपालअखबार, काठमाडाैं। आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ। मन्त्रिपरिषद् स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पढेर सुनाउने छन्।

Advertisement

‘यसबारे राष्ट्रपति कार्यालय र संसद सचिवालयमा जानकारी गराइसकिएको छ,’ स्रोतले भने।

Advertisement
Advertisement

राष्ट्रपति पौडेलले पहिलो पटक सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्न लागेका हुन्।

Advertisement

नीति तथा कार्यक्रममा आधारित भएर सरकारले आगामी वर्षको बजेट निर्माण गर्छ।  सरकारले जेठ १५ मा बजेट ल्याउनु पर्ने व्यवस्था छ।