Sunday, May 10

विद्यार्थी आन्दोलनमा गणेश प्रवृत्तिहावि भयोः अध्यक्षमिलन राई

नेपालअखबार, काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट विद्यार्थी संगठनका नेताहरुले विद्यार्थी संगठनहरु शैक्षिक र सामाजिक रुपान्तरणको लागिभन्दापनिकुनै पार्टी विशेषकाएजेण्डा लागूगर्ने माध्यममासिमितभएको आरोप लगाएका छन् । राजधानीको संवाद डबलीमा सोमबार ५९औं विद्यार्थी दिवस मनाउने क्रममा सो आरोप लगाएकाहुन् ।
संगठनका अध्यक्षहरिकृष्ण गजुरेलले संसदवादीदल निकट विद्यार्थी संगठनहरुले प्रतिपक्षको भूमिकाभन्दापनिआफ्नो माउ पार्टीका राम्रा–नराम्रादुबै कामहरुको बचाउ या समर्थनगर्ने गरेको धारणा राखे । गजुरेलले पछिल्लो समयमानक्कली भुटानी शरणार्थी प्रकरणमा पनित्यहीभएको आरोप लगाउँदै भने,“भ्रष्टाचार विरोधीआन्दोलनकानाममाआफ्नो पार्टीलाई अन्धो समर्थन गरिरहेको बुझेका छौं जुन कुरा एमसीसीप्रकरणमा पुष्टि भइसकेको छ ।”
संगठनका अर्का अध्यक्षमिलन राईले संसदवादी पार्टी निकट विद्यार्थी संगठनमा गणेश प्रवित्तिहावीभएको आरोप लगाए । अध्यक्ष राईले अबको नेपालीक्रान्तिकारी विद्यार्थी आन्दोलनको नेतृत्वआफू नेतृत्वको अखिल(क्रान्तिकारी)ले गर्ने दाबीसमेत गरेका छन् । पछिल्लो समयमाविद्यार्थी आन्दोलनमाविभिन्नविकृति–विसंगतिहरु मौलाएकोले आन्दोलनलाई नयाँशिराबाट उठ्न गरेर त्यसको शुद्धिकरण गर्नुपर्नेधारणा राखे ।
आदर्श,मुल्य र मान्यताबाट च्यूतभएको बताउँदै अध्यक्ष राइले भने,“ती संगठनहरुलाई गाली गरेर मात्रै छुटकारा मिल्दैन बरु हामीले नयाँकोणबाटक्रान्तिकारी विद्यार्थी आन्दोलनलाई उठानगर्नुपर्छ ।”
विद्यार्थी आन्दोलन् राजनीतिआन्दोलनको अंशभएको तर यसले मुलतः शैक्षिक क्षेत्रको सुधार मुख्यअविभारा हो, राईले थपे ।

कार्यक्रमको अध्यक्षता गरेका संगठन उपाध्यक्षवीरेन्द्र शाहले हरेक सदस्यआफू क्रान्तिकारी कम्युनिस्ट बन्ने कुरा मुख्यविषयभएकोलेआत्म शुद्धिकरण गर्न सकेमामात्रै क्रान्ति सम्भव हुने धारणा राखे ।
संगठनकी अर्की उपाध्यक्षशिलु न्यौपानेअपिलपत्रबाचन सहितमन्तव्य राख्दै दुई संगठनबीचको एकताले विद्यार्थी शिक्षा क्षेत्रमाभइरहेका सबै विसंगतिहरुलाई सुधार्न बल पुग्ने बताईन् ।
महासचिव रुपा बुढामगरले स्वागतमन्तव्यदिदै दुबै संगठनको एकताले नेपालको क्रान्तिकारी विद्यार्थी अन्दोलनमानयाँआयामथपेको बताईन् ।
संगठनका अर्का महासचिव पेशलदाहालले कार्यक्रमको सञ्चालनगर्दै नाम जस्तैअखिल (क्रान्तिकारी)ले शिक्षा क्षेत्रमाआमजनताले क्रान्तिकारी सुधार गर्ने कुराको अपेक्षा राखेका र त्यहीअनुसार अघि बढ्न सक्नु पर्ने बताए ।
संगठनकापदाधिकारी, कार्यालय सदस्यलगायतविद्यार्थीहरुको उपस्थितिमाकार्यक्रम सम्पन्नभएको थियो ।

Advertisement