Saturday, May 9

तनावले झर्छ कपाल

वैज्ञानिहरुले तनावले किन कपाल झर्छ ? र किन यो पुरै सकिने बेलासम्म झर्छ भन्ने कुरा पत्ता लगाएका छन्। छालामा हुने स्टिम कोष हुन्छ। यो कोष तनावको कारणले नष्ट हुन्छ। जुन कोषले  छाला र कपालको रंगको नियन्त्रण गर्छ। यो पनि पत्ता लागेको छ कि तनावले कालो चम्किलो कपाल समेत  एक सातामै सेतो हुन्छ।

अमेरिका र ब्राजिलका अनुसन्धानकर्ताहरुले  कपालको रंगले मान्छेको उमेर रोक्ने कुरा कमजोर झुट साविवत भइसकेको बताएका छन्। महिला तथा पुरुषहरु ३० वर्षदेखि नै फुल्न थालेको कुरा वीच–वीचमा फुल्ने सेतो कपालको रंगले नै संकेत गरिसकेको हुन्छ। यद्यपि यसले प्राकृतिक रुपमा बुढो हुनु भन्दा अघि नै जिनमा परिवर्तन ल्याइदिन्छ। यसको पछि तनावको भूमिका हुन्छ।

Advertisement

तर वैज्ञानिकहरु तनावले कसरी कपाल र टाउकोमा असर गर्छ भन्ने कुरामा प्रष्ट थिएनन। साव पाउलो तथा हार्भड बिश्वबिद्यालयको नेचर जर्नलमा प्रकाशित यो अध्ययनले छालाको स्टिम कोषमा हुने मिलन्को जसले कपालमा मेलानिन तत्व उत्पादन गर्छ र यो छाला तथा कपालको रंग निर्धारण गर्ने भूमिका खेल्छ। यो तथ्य प्रमाणित गर्न उनीहरुले मुसामा प्रयोग गरेका थिए।

‘तनावले  हाम्रो कपाल र छालामा परिवर्तन ल्याउने गर्छ र यसले कसरी काम गर्छ भन्ने कुरामा हामी निश्कर्षमा पुगिसकेका छौं’ अनुसन्धानका लेखक प्राध्यपक या–सि–शि,सुले भने। दुखाइले मुसालाई एडार्नालाइन र कोस्टिसोल  भन्ने तत्व निकाल्न सहयोग गर्छ। दुखाइले मुटुको चाल छिटो गराउने र रक्तचाप बढाइ स्नायु प्रणालीलाई असर गर्छ। निरन्तर  तनावले यसको असर बढी पुग्छ। यो प्रक्रियाले छिटो स्टिम कोषको कमी हुन्छ जसले मेलानाइन नामक तत्व उत्पादन गरी कपाललाई चम्किलो बनाउँछ।
‘म निश्चित छु कि तनाव शरिरको लागि खराव छ’ प्राध्यपक शुले भने। ‘ तर तनावको असरको निर्धारण मैले कल्पना गरेको भन्दा बढी रहेछ’ उनले भने। ‘ केही दिन अघि सवै प्राकृतिक रुपमा हुने स्टिम कोष मरिसकेका थिए’ उनले भने।

‘यसरी फुलेको कपाल,तपाइँले पुन प्राकृृ,तिक रुपमा पाउन सक्नुहुन्छ,किन कि यो स्थायी रुपमै नष्ट भइसकेको हुन्छ’। अर्को प्रयोगमा अनुसन्धानकर्ताहरुले रक्तचाप तथा तनाव  बिरुद्धको औषधी दिंएका थिए। यो पछि कपाल झर्ने प्रक्रिया रोकिएको थियो। तनावमा भएका मुसाको जिन पनि तुलना गरिएको थियो। उनीहरुले स्टिम सेल नष्ट गर्नमा प्रोटिनको भुमिका थियो। यो प्रोटिनले किनासमा रहेको साइक्लििनलाई दवाएर राख्छ। उपचारले पनि काम गर्दैन।

छिटो कपाल फुल्ने ससस्यालाई ढिला गर्नको लागि वैज्ञानिहरुले सिडेके (साइक्लिन निर्भर किनेज)रसायनिक औषधी मार्फत प्रयास गरिरहेका छन्।

‘यी उपाय फुलेको कपालको लागि निको हुन उपचार हैन’प्राध्यपक शुले भने,‘ हामीले मुसामा प्रयोग गरी पत्ता लगाएका थियौं,यो प्रारिम्भक चरण हो र मानवमा थप अनुसन्धान हुनु आवश्यक छ’। ‘यो अध्ययनले हामीलाई कसरी तनावले शरिरका अन्य भागलाई असर गर्छ भन्ने कुरामा थप जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *