
नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादी तनहुँ – काठमाडौँ सम्पर्क मञ्चको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
शनिबार काठमाण्डौंमा सम्पन्न उक्त सम्मेलनले रामहरि पाण्डेको अध्यक्षतामा २१ सदस्यीय तनहुँ -काठमाडौँ सम्पर्क मञ्च निर्वाचित गरेको छ ।
नव निर्वाचित कमिटीका पदाधिकारी एबम सदस्यहरूलाई जिल्ला इन्चार्ज शंकर पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
कार्यक्रमको उद्घाटन पार्टीका कार्यबाहक अध्यक्ष तथा पार्टी स्कुल बिभाग प्रमुख प्रमेश हमाल द्वारा गर्नु भएको थियो । सम्मेलनमा पार्टी गण्डकी प्रदेश कमिटीका सचिव पार्टी पोलिटिकल ब्युरोसदस्य प्रतापलाल श्रेष्ठ , गण्डकी प्रदेश सम्पर्क मञ्च कमिटीका इन्चार्ज पार्टी केन्द्रिय सदस्य शंकर पोखरेल, पार्टी केन्द्रिय कमिटी सदस्य हस्त शाही , केन्द्रिय कमिटी सदस्य उदया शर्मा , नेपाल बुद्धिजीवी परिषद समाजवादीका बरिष्ठ उपाध्यक्ष सिताराम घले परियार सम्पर्क विशेष प्रदेश कमिटीका नेताहरू पिताम्बर सिम्खडा , कपिलमनि रेग्मी, गण्डकी प्रदेश सम्पर्क कमिटी अध्यक्ष जगन्नाथ अधिकारीको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

