राजनीतिसमाचार

सांसद कर्मचारी र जनप्रतिनिधिको भत्ता कटौती गरौँ – सांसद पाण्डे

नेपालअखबार, काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले सांसद सहित सरकारका सवै कर्मचारी र जनप्रतिनिधिहरूलाई दिइने भत्ता कटौती गर्नुपर्ने प्रस्ताव गर्नु भएको छ  ।

सोमबार प्रतिनिधिसभाको बैठकको बजेट माथिको छलफलमा बोल्दै सांसद पाण्डेले सांसदसहित सबै कर्मचारी र जनप्रतिनिधिहरूलाई दिइने भत्ता कटौती गर्न माग गर्नु भएको हो । पाण्डेले अर्थमन्त्रीले आर्थिक क्षेत्रको सुधारका लागी कर्मचारीको मात्र भत्ता कटौती गर्न नहुने भन्दै सांसदसहित सबै कर्मचारी र जनप्रतिनिधिहरूलाई दिइने भत्ता कटौती गर्न माग गर्नु भएको हो ।

‘अर्थमन्त्री ज्यूले आर्थिक क्षेत्रको सुधारका लागी खर्च कटौती प्रस्ताव गर्नुभएको छ यो स्वागतयोग्य कुरा हो । तर यो खर्च कटौती कर्मचारीको भत्ता कटौती मात्र भन्नुभएको छ । सम्माननीय प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्याधीश, संवैधानिक अङ्गका प्रमुख र सदस्यहरू मन्त्री तथा सांसदहरु, मन्त्रालयका सचिवहरु लगायत विशिष्ठ श्रेणीका कर्मचारीहरु, सहसचिव तहसम्म र सोही तह सम्मका सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान सबै क्षेत्रकालाई दिइने भत्ता कटौती गर्नुपर्दछ ।’ पाण्डेले भन्नुभयो  ।

त्यस्तै पाण्डेले आर्थिक क्षेत्रको सुधार ल्याउन सांसदहरुको बैठक भत्ता, काठमाडौंमा घर भएका सांसदहरुको घर मर्मत संभार खर्च र अनावश्यक प्रयोजन बिहीन बैदेशिक भ्रमणलाई पनि कटौती गर्न माग गर्नुभयो  । ‘हामी सांसदहरुको सवालमा बैठक भत्ता, काठमाडौंमा घर भएका सांसदहरुको घर मर्मत संभार खर्च आदी कटाउने, अनावश्यक  प्रयोजन विहीन वैदेशिक भ्रमणलाई कटाई आर्थिक क्षेत्रको सुधार ल्याउनु पर्दछ ।’ पाण्डेको भनाई थियो  ।

the authoradmin