Wednesday, July 29

नवलपरासीमा दम्पतीको बीभत्स हत्या

नेपालअखबार,नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पतीको बीभत्स हत्या भएको छ।

Advertisement

प्रतापपुर वडा नं. ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको बीभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

Advertisement
Advertisement

सोमबार राति टाउकोमा धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या भएको सिलवालले बताए।

Advertisement

प्रतापपुरकै बैरिहवामा रहेको घरमा छोरीछोरीहरू बस्दै आए पनि उनीहरू भने गाईवस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए।

सोही गोठमा उनीहरूको हत्या भएको प्रहरीले जनाएको छ। हत्या भएपछि उनीहरूको शव आँगनमा फालिएको थियो।

खेतीपाती गर्दै आएका दम्पतीको कसले हत्या गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।