Wednesday, May 13

बिप्लब समूहमा लागेको आशंकामा पक्राउ परेका रिजाल र पन्त छुटे

गाेरखा । प्रहरी नियन्त्रणमा रहेका दुई व्यक्ति छुटेका छन् ।

सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी बिप्लब समूहमा लागेको आशंकामा पक्राउ परेका गण्डकी गाउँपालिका–७ निवासी उक्त समूहका पूर्व जिल्ला कमिटी सदस्य विष्णुप्रसाद रिजाल र शहिद लखन गाउँपालिका ४ का रोहितप्रसाद पन्तलाई प्रहरीले सोमबार रिहाई गरेको हो ।

Advertisement

माघ १० गते बिरेनचोकबाट पक्राउ परेका उनीहरुले उक्त समूहका कुनै पनि गतिविधिमा संग्लन नरहने प्रतिवद्धता जनाएपछि जिल्ला प्रशासन कार्यालयले तारेकमा छोड्ने निर्णय गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए ।

उनीहरुले आम नागरिक सरह स्वतन्त्र एवं तटस्थ जीवनयापन गर्ने लिखित प्रतिवद्धता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *